नियम ख६३
बहस नोट
(१) इजलासले सुनुवाईको लागि पेशी तोकिएको मुद्दामा मुद्दाका पक्ष वा निजको कानून व्यवसायीलाई पेशीको दिन अगावै वा निश्चित समय तोकी बहसनोट पेस गर्न आदेश दिन सक्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाको पक्ष वा निजको कानून व्यवसायी आफैंले बहसनोट पेस गर्न चाहेमा मुद्दाको सुनुवाई हुनु भन्दा अगावै बहसनोट पेस गर्न सक्नेछ।

(३) इजलासले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया बहस सम्पन्न भइसके पछि बहसनोट लिइने छैन।

(४) यस नियम बमोजिम बहसनोट पेस गर्दा निर्णय गर्नुपर्ने प्रश्न स्पष्ट खुलाई सो प्रश्नमा सीमित रही बहसनोट पेस गर्नु पर्नेछ।